Blog

फलफूलको फाईदै फाईदा

blog-detail-img

फलफूलको फाईदै फाईदा

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Jan. 28, 2021
22261
Views

Click here to download mobile App

फलफूललाई स्वास्थ्यको लागि सर्वोत्तम खाना मानिन्छ । एउटा स्वस्थ व्यक्तिको लागि कुनै पनि दृष्टिकोणले फलफूललाई नराम्रो भन्न मिल्दैन । दैनिक आहारमा २ देखि ३ पटक फलफूलको प्रयोग गरेमा विभिन्न स्वास्थ्य समस्या हुनबाट बच्न सकिन्छ । रोगीहरुको लागि फलफूल झन लाभकारी मानिन्छ । कुनैकुनै रोगमा (जस्तै मधुमेह), सबै फलफूल खान नमिल्ने पनि हुनसक्छ । यसकोलागि डाक्टरको परामर्श लिनुपर्छ । तर एउटा स्वस्थ मानिसले फलफूल खान कसैको परामर्श लिनु पर्दैन । फलफूलको सेवन गर्दा महँगो फलफूल नै खानुपर्ने आवश्यक हुदैन । जुनसुकै ताजा वा फ्रिजमा राखेको मौसम अनुसारको फल खान मिल्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

फलफूलमा प्रशस्त भिटामिन र मिनेरल्स पाईन्छ, जसले रोगलाग्नबाट बचाउछ । यसले मुटुलाई पनि स्वस्थ राख्छ । यसमा पाइने प्रशस्त फाइवरले (रेशा)रगतमा कोलेस्ट्रोलको स्तरमा सुधार ल्याउछ । फलफूलमा फ्याट हुदैन । यसले रगतमा राम्रो कोलेस्ट्रोल (एच डि एल) को स्तरलाई बढाउछ र नराम्रो कोलेस्ट्रोल (एल डि एल) को स्तरलाई घटाउछ, जसले गर्दा मुटुरोगको सम्भावना कम हुन्छ । यसमा प्रोटिन पनि पाइन्छ, जुन स्वास्थ्यकोलागि लाभकारी हुन्छ ।

फलफूलमा कार्बोहाइड्रेट पनि हुन्छ, जसले हामीलाई शक्ति प्रदान गर्छ । फलफूलमा पाइने  प्राकृतिक कार्बोहाड्रेटले हाम्रो शरीरलाई नराम्रो असर गर्दैन । यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्न मद्दत गर्दछ । पहिला जस्तो शुद्ध, ताजा र रसायन रहित फलफूल पाउन गाह्रो छ, तर फलफूललाई अरु खानाको तुलनामा बढी सुरक्षित मान्न सकिन्छ । परिवारमा सबैले दैनिक फलफूलको सेवन गर्न एकअर्कालाई प्रोत्साहित  गर्नुपर्दछ ।