Blog

के तपाईंले ब्लड प्रेसर (Blood Pressure) बढाउने औषधी खाइराख्नु भएको त छैन ?

blog-detail-img
|
  March 9, 2022
17884
Views

Click here to download mobile App

के तपाईंलाई थाहा छ, हामीले दैनिक रूपमा प्रयोग गर्ने केहि औषधीहरुले रक्तचापलाई बढाउने या उच्च रक्तचापको औषधीको असरलाई न्यून पार्ने हुनसक्छ । आउनुहोस् आज जानौ ति औषधीहरु के-के हुन्?

१. पेन किलर (Pain killer)

हामीले साधारणतय प्रयोग गर्ने Pain killer  Anti-inflammatory औषधीहरु; जस्तै, Ibuprofin, aceclofenac, indomethacin, flexon  आदि औषधीहरुले दुखाइलाइ त कम गर्छन् तर शरीरबाट पानीलाई सजिलै बाहिर जान दिदैन र किड्नीको समस्याहरु देखिन सक्छन। यो प्रक्रियालाई water Retaintion भनिन्छ । फलस्वरूप किड्नीको समस्या देखिनुको साथै रक्तचाप पनि बढ्न सक्छ। 

. रुघाखोकीको औषधी (Decongestant):

साधारण तथा बजारमा उपलब्ध Decongestants हरुमा phenylphrine, Pseudoephedrine हुन्छन्, जुन Decold, Sinex, Rhinex  आदिको नाममा किनेर खान्छौ । यस्ता  Decongestants हरुले हाम्रो शरीरको रक्तनलीहरुलाई साँघुरो बनाई दिन्छन् (Vasoconstriction) जसका कारण ती नलीहरुमा रगतको बहाब कम भई रगत बग्न अप्ठ्यारो हुन्छ । फलस्वरूप तपाईंको रक्तचाप बढ्न सक्छ। 

गर्भनिधारण चक्की:  

बजारमा उपलब्ध गर्भनिधारण चक्की र अन्य गर्भनिधारण साधनहरुले रक्तचापलाई बढाउछ । यि औषधिहरुले सरिरको सानो रक्तनलीहरुलाइ साधुरो बनाई रक्तचाप बढाउछन् । प्राय धेरै जसो गर्भनिधारण चक्की र साधनहरु उच्चरक्तचापका साइड इफेक्टका चेतावनीका साथ उपलब्ध हुन्छन् ।

. चिया , कफी अन्य इनर्जी ड्रिङ्क्स (Energy Drinks):

चिया तथा कफिमा हुने क्याफिनले (caffine) रक्तनलिलाइ खुल्ला राख्ने होर्मोनलाइ ब्लक (Block) गरिदिन्छ, साथै केही होर्मोनको कारण मुटुको धड्कनलाइ तेज गरिदिन्छ जस्का कारण तपाईको रक्तचाप छोटो समयका लागि बढ्छ, तर क्याफिनले लामो समयको लागी रक्तचापमा कस्तो असर गर्छ भने अझै अनुसन्धानको विषय । साथै चिया, कफिमा  कपै पिछे क्याफिनको मात्रा फरक हुने कारण उच्चरक्तचापका बिरामीले दैनिक कति कप चिया तथा कफि खानु उचित हुन्छ भन्न गार्‍हो छ ।

. मानसिक रोगको औषधिहरु (Anti-Depressants):

Antidepressants औषधिहरुले शरीरबाट निस्किने serotonin, Norepinephrine, Dopamine जस्ता केमिकलहरुको प्रतिक्रियाहरुलाई असर गरी रक्तचापलाई बढाउछन् ।

स्टेरोइड्स (Steroids): 

स्टेरोइड्स नियमित सेवन गर्नाले शरीरमा पानीको मात्रा बढ्नसक्छ । यदि तपाईले स्टेरोइड्स खाइराख्नु भएको छ भने आफ्नो सुगुर र प्रेसर नियमित जाँच्नु होला ।

. अन्य औषधिहरु:

बजारमा उपलब्ध आयुर्बेर्दिक सप्प्लिमेन्ट्स, केही  एन्टी क्यान्सर (Anti cancer) औषधिहरु जस्तै Bevacizumab, Gafitinib, Imatinib, Ramuciriumab र केही Immunosuppressants  जस्तै, Clycosporin Tacrolimus इत्यादीहरुले पनि रक्तचाप बढाउछन् ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

यदि तपाईको घरमा उच्चरक्तचापको बिरामी हुनुहुन्छ भने माथी उल्लेखित औषधिहरु सेवन गर्नु अगाडि विशेष ध्यान दिनु पर्ने हुन्छ । सकेसम्म उच्च रक्तचापका बिरामीहरुले यि औषधिहरु प्रयोग नगरेकै राम्रो र गर्नैपरेमा आफ्नो नियमित चिकित्सक संग परामर्श लिएर उच्च रक्तचापको औषधिको असरलाई न्यून नगर्ने खालको औषधिहरु छनौट गरेको राम्रो । साथै माथी उल्लेखित औषधिहरु प्रयोग गर्दा आफ्नो रक्तचापलाई नियमित रूपमा नाप्नु पर्दछ ।

डा. शुभ जङ्ग बहादुर राणा

एम.डि. मेडिसिन