Blog

ब्लकेज भन्नाले के बुझिन्छ र कति प्रतिशत Blockage भएमा के गर्ने?

blog-detail-img
|
  April 15, 2022
908
Views

कोरोनरी आर्टरीमा ५०% भन्दा कमको ब्लकेजलाई साधारण रोगको रुपमा मानिन्छ । यसलाई Non-Critical वा Not-significant पनि भनिन्छ । ५०% भन्दा कमको ब्लोकेज एउटा वा धेरै रक्तनलीहरुमा हुनसक्छ । बिरामीको रक्तचाप, सुगर, कोलेस्ट्रोलको राम्रो नियन्त्रण नभएमा, ब्लोकेज बढने सम्भावना हुन्छ । Non-Critical CAD भएका बिरामीहरुले औषधिको सँगसँगै जीवनशैलीमा ध्यान दिनुपर्ने आवश्यक हुन्छ । यस्ता बिरामीहरुले Aspirin र Atorvastatin औषधि लामो समयसम्म खानुपर्ने हुन्छ ।
५० देखि ७० वा ८०% सम्मको ब्लोकेजलाई धेरैजसो अवस्थामा औषधिले नै उपचार गर्ने। गरिन्छ । औषधिले समस्याको राम्रो समाधान नभएमा एन्जिओप्लास्टी वा बाइपास सर्जरी गर्नुपर्ने हुनसक्छ । एन्जिओग्राफीमा ब्लोकेज धेरै देखिएमा औषधिले मात्रै नियन्त्रण नहुने भएकोले एन्जिओप्लास्टी वा सर्जरी सुरुमै गर्नुपर्ने पनि हुनसक्छ । ठूलो रक्तनलीको मुखमै ९०% वा बढी ब्लोकेज देखिएमा चाँडै उपचार गर्नु राम्रो हुन्छ ।


हृदयाघात भएको २४ घण्टा पछि र १ महिनासम्म १०० प्रतिशत बन्द भएको रक्तनलीलाई खोलेर फाइदा हुँदैन, तर बिरामीलाई छाती दुखेमा वा TMT जाँचमा खराबी देखिएमा पूर्ण रुपले बन्द भएको (१००%) आर्टरीलाई खोल्न मिल्छ । १००% बन्द भएको रक्तनलीलाई एन्जिओप्लास्टीले खोल्न सक्ने सम्भावना कम हुने भएकोले धेरैलाई बाइपास अप्रेशनको आवश्यकता पर्दछ । सानो रक्तनलीमा धेरै ब्लोकेज भएपनि एन्जिओप्लास्टी वा अप्रेशनको आवश्यकता नहुन सक्छ । यसलाई औषधिले नियन्त्रण गर्न मिल्छ ।