Blog

प्रेसर नियन्त्रण नहुने कारणहरु

blog-detail-img

प्रेसर नियन्त्रण नहुने कारणहरु

रक्तचाप नियन्त्रण नहुने १० वटा प्रमुख कारण

|
  March 25, 2022
16375
Views

प्रेसर नियन्त्रण नहुने कारणहरु 

हामी धेरैयस्ता बिरामीहरू देख्छौ जसले उच्चरक्तचापको लागिऔषधि प्रयोगगर्नु भएको छ,तर रक्तचाप राम्रो नियन्त्रणमा छैन । रक्तचाप माथिको  १२० र तलको ८० भन्दा कम लाई राम्रो नियन्त्रणमा भएको लिइन्छ, अर्थात त्यसको वरिपरि हुनुपर्छ, अझ भन्दा माथिको रक्तचाप १०० देखि १२० र तलको रक्तचाप  ७० देखि ८० को बीचमा रहनुलाई सर्बोत्तम मानिन्छ।  तर विभिन्न कारणले औषधिको प्रयोग गर्दा पनि रक्तचाप नियन्त्रण नभएको देखिन्छ, जसले गर्दा व्यक्तिको स्वास्थ्यमा दुरगामी असर हुने गर्दछ ।

व्यक्तिको जिवनशैलीले रक्तचापको औषधि खाए पनि नियन्त्रण नहुने हुनसक्छ , यसमा प्रमुख कारणहरु , शारीरिक निस्कृयता, नुनको बढी प्रयोग, तनाबपूर्ण जीवनशैली डर/ त्राश (White Coat Hypertension) चुरोटर मदिरा सेवन, मोटोपना र शारिरिक रुपमा निष्कृय व्यक्तिको जति राम्रो उपचार भएपनि रक्तचाप नियन्त्रण नहुनसक्छ । हामीले उपचारको क्रममा विरामीहरु संगअन्तरक्रिया गर्दा रक्तचाप नियन्त्रण नहुने १० वटा प्रमुख कारण रहेछन र ति कारणहरुलाई दुई भागमा विभाजित गर्न सकिन्छ: एउटा जिवन शैली नमिल्दा र अर्को उपचार नमिल्दा ।

 जिवन शैली नमिल्दा  

शारिरिक निस्कृयता : जति बढी तपाई व्यायाम गर्नुहुन्छ रक्तचाप पनि त्यति राम्रो हुन्छ र औषधि को प्रभाब पनि त्यति नै राम्रो हुन्छ।  

नुनको बढि प्रयोग : नुनको बढि प्रयोग गर्नाले पनि रक्तचापको औषधिहरूको असर कम हुन्छ र नियन्त्रण हुन गाह्रो  हुन्छ ।  

तनाबपूर्ण जिवनशैली : तनाबपूर्ण जिवनशैलीले विभिन्न किसिमका हार्मोनहरू रगतमा बढाएर रक्तचाप बढाउने गर्छ जसको कारणले औषधिहरु प्रभाबकारी हुन पाउदैन।  

डर / त्रास (White Coat Hypertension) : डर र त्रासले पनिअचानक रक्तचाप बढ्ने गर्छ र कसैकसैको अस्पतालमा आउदा रक्तचाप बढेको देखिन्छ तर घरमा रक्तचाप सामान्य हुन्छ ।  धेरै यस्ता केसहरु रक्तचापका औषधिहरु खाए पनि रक्तचाप डर र त्रासले मात्रै बढ्ने भएकोले रक्तचाप नियन्त्रणमा ल्याउन गाह्रो भईराखेको हुन्छ।  

चुरोट र मदिरा को सेवन : चुरोटले रक्तचापको औषधि प्राभावलाई घटाई दिन्छ , त्यसै गरि मदिराले रक्तचाप बढाउछ । यदि तपाइँले चुरोट र मदिराको सेवन छोड्नु भएको छैन भने तपाईको रक्तचाप नियन्त्रण नहुन सक्छ।   

मोटोपना : औषधिको प्रयोग गर्दा पनि रक्तचाप नियन्त्रण नहुने मोटोपना पनि एउटा प्रमुख कारण हो, त्यसैले तौल घटाउन एकदम जरुरी हुन्छ।

उपचार नमिल्दा  

औषधिको अनियमित सेवन : औषधिको अनियमित सेवन गर्दा पनि यसको प्रभाव कम हुनसक्छ। धेरै बिरामीहरुले औषधिको अनियमित सेवन गर्नुहुन्छ। 

प्रेसर बढाउने अन्य औषधि को संग संगै प्रयोग :  रक्तचाप बढाउने औषधिहरु ( जस्तै Pain Killer, Steroid, Cough syrup, नाक खुल्ला पार्ने औषधिहरु ) जसले पनि रक्तचाप बढाएको हुनसक्छ र रक्तचाप नियन्त्रण नहुने कारणहरुमा यो पनि हुनसक्छ। 

औषधिको मात्रा अपुग : तपाईंले खाएको औषधि अपुग हुनसक्छ , 80mg चाहिएको ठाउमा 40mg मात्र खाएको हुनसक्छ , त्यसैले औषधिको मात्रा पनि अपुग हुनु एउटा प्रमुख कारण हो र यसलाई मिलाउनु पर्ने कहिलेकाही औषधिको तालमेल नमिल्दा तपाईलाई चाहिएको औषधि तपाईको शरीरलाई सुट गर्ने , तपाईको शरीरको वातावरण संग मिल्ने , फिजियोलोजी संग मिल्ने औषधि भयो भने कम डोज / मात्राले पनि प्रभाबकारी असर देखाउछ तथा कहिलेकाही हाई डोजको  औषधि पनि सुट नहुदा राम्रो काम नगर्न सक्छ।  

मृगौला र हर्मोनको रोग : मृगौला र हर्मोनका रोगीहरुमा रक्तचाप अत्याधिक हुने र औषधिले नियन्त्रण नहुने देखिन्छ र यसको प्रमुख कारणमा मृगौला रोगीमा हर्मोनको उत्पादन बढी हुने र धेरै अवस्थामा  त्यो हर्मोनले रक्तचाप बढाउने र रक्तचापलाई औषधिले नियन्त्रण गर्न नसक्ने देखिन्छ र यसको सही पहिचान गरेर औषधिको राम्रो संयोजन गरियो भने अधिकांश केसमा यसको नियन्त्रण गर्न सकिन्छ।