Blog

दूध र दही :  कति फाइदाजनक र कति हानिकारक

blog-detail-img
|
  March 31, 2022
22135
Views

हाम्रो समाजमा दुधको बारेमा धेरै गलत धारणा भएको पाइन्छ । हाडजोर्नीको लागि क्याल्सियम (Calcium) को आपूर्ति गर्न प्रशस्त मात्रामा दुध खानेहरु धेरै छन् । प्राचिन कालदेखि नै दैनिक दुध खाने चलन भएको हामी सबैलाई थाहा भएकै कुरा हो । पोषणको दृष्टिकोणले हेर्ने हो भने दुधलाई एउटा पोषिलो खानाको रुपमा मान्न सकिन्छ

यसले प्रयाप्त क्यालोरी प्रदान गर्छ, जसले हामीलाई शक्ति प्रदान गर्छ। बालबालिकाको शारीरिक विकासकोलागि प्रोटिन नभई नहुने कुरा हो। दूध प्रोटिनको धेरै राम्रो स्रोतको रुपमा मानिन्छ । बिरामीहरुलाई पनि प्रायप्त प्रोटिन र इनर्जी चाहिने भएकोले दुध खानु अत्यन्तै उपयोगी हुन्छ त्यसैले ईनर्जी र प्रोटिनको आवश्यकता भएमा दैनिक दुध खान मिल्छ । 

दुधका यी फाइदाहरु यसको एउटा पक्ष मात्रै हो । दुधका अनेक बेफाइदाहरु पनि छन् । विशेष गरी चिल्लो नझिकिएको दुधमा कोलेस्ट्रोल प्रायप्त मात्रामा हुन्छ । गाईको दुध भन्दा भैंसीको दुधमा झन बढी कोलेस्ट्रोल र क्यालोरी हुन्छ ।

एउटा स्वस्थ पुरुष वा महिलालाई थप क्यालोरी र कोलेस्ट्रोल दुबैको आवश्यकता हुँदैन । दुधको प्रयोग गरेमा कोलेस्ट्रोल बढ्ने र अनावश्यक क्यालोरीले मोटोपनाको सम्भावना पनि बढाउने हुनाले दुधको प्रयोग गर्नुपर्ने अवश्यकता नरहेको तथ्य बुझ्न सकिन्छ । 

दुधमा पाइने कोलेस्ट्रोलले रगतमा कोलेस्ट्रोलको मात्रा बढाएर मुटुरोग लगाउने सम्भावना बढाउँछ । त्यसकारण बढ्दो बालबालिकालाई छोडेर कसैले पनि फ्याट भएको दुध नै खानु जरुरी देखिदैन । कुपोषण भएका वा बिरामीहरुलाई दुध दिनु छुटैकुरा हो ।

लो फ्याट दुध (Low Fat Milk) जसमा फ्याटको मात्रा १-२ प्रतिशत भन्दा कम हुन्छ, नेपालमा सजिलैसँग नपाइने भएकोले चिल्लो (Fat) झिकेको दुध थोरै मात्रामा खानमिल्छ । तर मोटो मानिसले वा कोलेस्ट्रोल बढी भएको व्यक्तिले दुध नखाए राम्रो हुन्छ । चियामा पनि धेरै दुधको प्रयोग नगरे राम्रो हुन्छ । 

दुधबाट फ्याट (छालि, तर) भिकेर दही बनाएको खान मिल्छ । फ्याट वा गुलियो नभएको दहि स्वास्थ्यको लागि बरु राम्रो मानिन्छ । प्रतिदिन खानामा चिल्लो कम भएको सादा (गुलियो नभएको) दहि खानु राम्रो हुन्छ । यसले खानालाई स्वादिष्ट | मात्रै होइन, स्वस्थकर पनि बनाउँछ ।

दुध र दही खानु हुँछ तर कोलेस्ट्रोल वा मोटोपनाले पीड़ित हुनु हुन्न भने खान मिलछ । समस्या भाएकाले कल्सियम र प्रोटीनको लागि दुध भंदा अरु सुरक्षित खाना रोज्न सक्नुपर्छ ।