Blog

खाने तेल के को आधार मा रोज्ने

blog-detail-img

खाने तेल के को आधार मा रोज्ने

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Jan. 4, 2021
1934
Views

Click here to download mobile App

खानामा विभिन्न प्रकारको तेलको प्रयोग गर्ने गरिन्छ । प्राचिन कालदेखि नै हाम्रो समाजमा तोरीको तेलको प्रयोग हुदै आइरहेको छ । पछिल्लो केही दशकदेखि विभिन्न प्रकारका तेलहरु बजारमा उपलब्ध भएका छन् । तेलहरुका फाइदा र बेफाइदाको बारेमा ब्यापक प्रतिकृया भइरहेको हुन्छ । विभिन्न विज्ञापनहरुमा तोरीको तेल भन्दा सुर्यमुखी, मकै, भटमास आदिको तेललाई राम्रो बताइएको देखिन्छ । तेलहरु बाहेक वनस्पति घ्यू र शुद्ध घ्यूको पनि खानामा प्रशस्त प्रयोग हुने गरेको देखिन्छ । तोरीको तेलभन्दा अन्य तेलहरु साच्चिकै राम्रो हो त ? यसको उत्तर हामी सबैलाई चाहिएको छ । 

हाम्रो देशमा प्रयोग उपलब्ध तेलहरु निम्न प्रकारका छन् । कुनैपनि खानेतेलको प्रयोग बढी गर्नु स्वास्थ्यकोलागि हानिकारक मानिन्छ । तेललाई प्रयोग गरिने तरिकाले पनि यसको बेफाइदालाई बढाउन सक्छ । त्यसैले सही खाने तेल रोजेर, त्यसको उचित मात्रामा ठीक तरिकाले प्रयोग गरेमा स्वास्थ्यकोलागि हानिकारक हुदैन । महँगो हुने वित्तिकै र कोलेस्ट्रोल फ्री लेखिने बित्तिकै यी तेलहरु हानिकारक छैनन् भन्न सकिदैन ।  खानेतेल किन्ने बेलामा होस पुर्याउनु जरुरी हुन्छ ।

 

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

यसकोलागि कुनैपनि खाने तेलमा के के तत्वहरु हुन्छन् र त्यसको मात्रा कति हुनुपर्छ, यसको जानकारी हुनुपर्छ । कुन तत्वले शरीरलाई हानी पुर्याउछ र कुनले फाइदा गर्छ, त्यो कुरा पनि थाहा हुनुपर्छ । कुनै पनि खानेतेल किन्नु भन्दा अगाडि यसमा ३ वटा कुराहरुको मात्रा हेर्नुपर्छ ।

पहिलोः सैचुरेटेड फ्याट

दोस्रोः पोली अनसैचुरेटेड फ्याट

तेस्रोः मोनो अनसैचुरेटेड फ्याट  

सैचुरेटेड फ्याट ले स्वास्थ्यलाई हानि पुर्याउछ, त्यसैले यसको मात्रा जति कम भए राम्रो हुन्छ । मोनो अनसैचुरेटेड फ्याट ले शरीरलाई फाइदा गर्दछ, त्यसैले यसको मात्रा बढी हुनु राम्रो मानिन्छ । पोली अनसैचुरेटेड फ्याट को मात्रा बढी हुनु पनि राम्रो हो । मोनो अनसैचुरेटेड फ्याट लाई पोली अनसैचुरेटेड भन्दा राम्रो मानिन्छ । सैचुरेटेड र ट्रान्स फ्याट स्वास्थ्यकोलागि हानिकारक हुने भएकोले यसको मात्रा जति कम भए राम्रो हुन्छ ।