Blog

चामल, गहुँ, मकै वा जौं मध्ये कुन राम्रो

blog-detail-img

चामल, गहुँ, मकै वा जौं मध्ये कुन राम्रो

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Feb. 22, 2022
24904
Views

Click here to download mobile App

चामल, गहुँ, मकै वा जौं मध्ये कुन राम्रो

अनाज (Cereals) मध्ये रोटीलाई भातभन्दा राम्रो मानिन्छ । उसिनेको चामल र ब्राउन राइसलाई (Brown Rice) सेतो चामल (Polished Rice) भन्दा राम्रो मानिन्छ, किनभने उसिनेको चामलमा फाइवर, मिनेरल र भिटामिनको मात्रा बढी हुन्छ । नउसिनेको सेतो चामलमा कार्बोहाइड्रेट बढी हुन्छ ।

अनाजहरु मध्ये गहुँलाई चामलमा भन्दा राम्रो मानिन्छ । गहुँमा फाइवर, भिटामिन, मिनिरलस, प्रोटिन आदि चामल बढी हुन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा चामल भन्दा कम हुन्छ । त्यसैले मधुमेह रोगीको लागि गहुँलाई चामलमा भन्दा राम्रो मानिन्छ । स्वस्थ मानिसकोलागि पनि गहुँ नै राम्रो खाना हो ।

अनाजहरु मध्ये जौंलाई (Oat) सबभन्दा राम्रो मानिन्छ । यसमा फाइवर बढी हुन्छ, जुन स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ । स्वस्थ्य मानिसको लागि पनि अनाजहरु मध्ये गहँ र जौलाई चामल भन्दा राम्रो मानिन्छ । मधुमेह र मुटुरोगीको लागि पनि यही कुरा लागु हुन्छ । तर मधुमेह रोगीको लागि अनाजबाट प्राप्त हुने कार्बोहाइड्रेटले रगतमा सुगर बढाउने भएकोले यसको मात्रामा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ ।

मकैमा पनि चामल र गहुँमा जस्तैः कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ । मधुमेह रोगीले मकै पनि भात र रोटी जस्तै धेरै खानुहुँदैन । सुकेको मकैमा कार्बोहाइड्रेटको मात्रा चामल र गहुँको जति नै हुन्छ । तर भिजेको वा काचो मकैमा क्यालोरी कम हुन्छ । मकैमा फाइवर प्रशस्त हुन्छ, जुन स्वास्थ्यकोलागि राम्रो मानिन्छ । त्यस अर्थमा मकैलाई चामल र गहुँ भन्दा राम्रो मान्न सकिन्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस