Blog

स्वस्थ्य रहन फलफुलको प्रयोग र फलफुलबाट पाइने क्यालोरी

blog-detail-img
|
  March 11, 2022
12630
Views

Click here to download mobile App

फलफूललाई स्वास्थ्यको लागि सर्वोत्तम खाना मानिन्छ । एउटा स्वस्थ व्यक्तिको लागि कुनै पनि दृष्टिकोणले फलफूललाई नराम्रो भन्न मिल्दैन । दैनिक आहारमा २ देखि ३ पटक फलफूलको प्रयोग गरेमा विभिन्न स्वास्थ्य समस्या हुनबाट बच्न सकिन्छ । रोगीहरुको लागि फलफूल झन लाभकारी मानिन्छ । कुनैकुनै रोगमा (जस्तै मधुमेह) सबै फलफूल खान नमिल्ने पनि हुनसक्छ । यसकोलागि डाक्टरको परामर्श लिनुपर्छ । तर एउटा स्वस्थ मानिसले फलफूल खान कसैको परामर्श लिन पर्दैन ।

फलफूलको सेवन गर्दा महङ्गो फलफूल नै खानुपर्ने आवश्यक हुँदैन । जुनसुकै ताजा वा फ्रिजमा राखेको मौसम अनुसारको फल खान मिल्छ । फलफूलमा प्रशस्त भिटामिन र मिनेरल्स पाईन्छ, जसले रोगलाग्नबाट बचाउँछ । यसले मुटुलाई पनि स्वस्थ राख्छ । यसमा पाइने प्रशस्त फाइवरले (रेशा) रगतमा कोलेस्ट्रोलको स्तरमा सुधार ल्याउँछ । फलफूलमा फ्याट हुँदैन । यसले रगतमा राम्रो कोलेस्ट्रोल (एच.डि.एल) को स्तरलाई बढाउँछ र नराम्रो कोलेस्ट्रोल (एल.डि.एल) को स्तरलाई घटाउँछ, जसले गर्दा मुटुरोगको सम्भावना कम हुन्छ । यसमा प्रोटिन पनि पाइन्छ, जुन स्वास्थ्यकोलागि लाभकारी हुन्छ ।

फलफूलमा कार्बोहाइड्रेट पनि हुन्छ, जसले हामीलाई शक्तिप्रदान गर्छ । फलफूलमा पाइने प्राकृतिक कार्बोहाड्रेटले हाम्रो शरीरलाई नराम्रो असर गर्दैन । यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्न मद्दत गर्दछ । पहिला जस्तो शुद्ध, ताजा र रसायन रहित फलफूल पाउन गाह्रो छ, तर फलफूललाई अरु खानाको तुलनामा बढी सुरक्षित मान्न सकिन्छ । परिवारमा सबैले दैनिक फलफूलको सेवन गर्न एकअर्कालाई प्रोत्साहित गर्नुपर्दछ ।

फलफुलबाट पाइने क्यालोरीको जानकारीः