Blog

फलफूल त खाने, तर कति खाने?

blog-detail-img

फलफूल त खाने, तर कति खाने?

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  March 13, 2022
20766
Views

हामी प्रायः फलफूल र सागसब्जीहरू स्वास्थ्यको (विशेष गरी हृदय र रक्त नलीहरूको) लागि धेरै राम्रो हुन्छ भनेर कुरा गर्छौं। तर त्यसको वास्तविक फाइदा उठाउन दैनिक रुपमा तपाईंले कती फलफूल र सागसब्जीहरू खानुपर्छ ? 

तपाईले कम्तिमा प्रतिदिन ५०० ग्राम जति फलफूल र सागसब्जी खानुपर्छ । यसलाई एकैचोटी नखाएर कम्तिमा ५ पटकमा (5 serving) खानुपर्छ ।

विश्वप्रसिध वैज्ञानिक जरनल “Circulation” मा March 2021 प्रकाशित शोध (Research) मा विश्वभरी बाट २० लाख व्यक्तिलाई सम्मिलित गरिएको थियो र त्यसमा  दैनिक ५ पटक (5 serving) फलफूल र सागसब्जी खाने १०-१५% व्यक्तिहरुमा हृदयघात, पक्षघात (Stroke) र कैन्सर (cancer) जस्ता रोग  कम देखियो । 

१ चोटी (One serving) मा कति फलफूल वा सागसब्जी खाए ठीक हुन्छ, यो कुराको जानाकारी हुनुपर्छ । एउटा मध्यम आकारको फल जस्तैः केरा, स्याउ, सुन्तला, नासपाती, अनार वा आँपलाई १ चोटी (1 Serving) मानिन्छ । त्यसैगरी २ खाने चम्चाभरी पाकेको सब्जी वा एउटा ठूलो गोलभेडालाई सागसब्जीको एक सर्भिङ्ग (Serving) भनिन्छ ।

अथवा, हाम्रो हातको हत्केलामा जती फलफूल र सागसब्जी अट्टाउछ, त्यसलाई  १ चोटी (1 Serving) मानिन्छ ।

 

तपाइको दैनिक लक्षय

हाम्रो शरिरलाई स्वस्थ राख्नको लागी दिनमा २ पटक फलफुल र ३ पटक सागसब्जीहरू खानुपर्छ । विशेष गरी फाइबर र भिटामिन "ए" र "सि" (Vitamin A and C) युक्त फलफुला र सागसब्जीहरू जस्तै हरियो सागसब्जीहरू, गाजर्, स्याउ, सुन्तला, भोगटे, स्ट्रबेरिहरु खानुपर्छ ।

 

 

Previous article